site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अगष्टमा नेपाल भित्रिए ६७ हजार पर्यटक

काठमाडौं । नेपालमा अगष्ट महिनामा करिब ६७ हजार पर्यटक भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अगष्ट महिनामा ६७ हजार १५३  हजार पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । 

बोर्डको तथ्यांकअनुसार भारतबाट २६ हजार ६६५  पर्यटक नेपाल आएका छन् । यस्तै, दोस्रोमा चीन रहेको छ । चीनबाट अगष्टमा पाँच हजार २७ पर्यटक नेपाल आएका छन् ।

यूएसएबाट चार हजार ६२९, श्रीलंकाबाट तीन हजार पाँच, बंगलादेशबाट तीन हजार १९०, यूकेबाट दुई हजार ७११, स्पेनबाट एक हजार ५८, जापानबाट एक हजार ५२०, इटलीबाट एक हजार ४९६ र अष्ट्रेलियाबाट एक हजार ३४७ पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्