site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इराकमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु

काठमाडौं ।  इराकमा धार्मिक भेलाका क्रममा भएको सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु भएको छ ।

दुजैल र समरा सहरको बीचमा भएको दुर्घटनामा कम्तीमा १३ जना घाइते भएका छन् । जसमा धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राज्य समाचार एजेन्सी आईएनएले शनिबार सालाहेद्दिन प्रान्तका स्वास्थ्य सेवाका निर्देशक खालेद बुरहानको मृत्यु हुनेको संख्यालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

बुरहानले दुर्घटनाको अवस्थाबारे विस्तृत जानकारी दिएनन् तर मृतकमध्ये अधिकांश इरानका आगन्तुकहरू रहेको बताए । घाइतेहरूलाई अस्पताल लगिएको उनले बताए ।

शुक्रबार मध्यरातमा दुईवटा मिनीबसहरू आपसमा ठोक्किएको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्