site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको छु : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मल कारखाना अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको उनले बताए ।

बाँझो जमिन उपभोग कार्यक्रम, कृषि विकास उद्यमशीलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको धारणा छ । कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उनले जानकारी दिए ।

मन्त्री भुसालले लम्पी स्किन रोगको उपचार प्रभावकारी रुपमा गरिएकाले रोगको संक्रमण कम हुँदै गएको र स्वदेशमा नै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।

मुलुकलाई चाहिनेभन्दा १२ लाख ८० हजार मेट्रिक टन उत्पादन भइरहेको र अहिलको चैते धानको उत्पादनलाई दोब्बर बनाए करिब सात लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताए । त्यस्तै, विभिन्न देशहरुसँग कृषि क्षेत्रमा सहयोग र सम्भावनाबारे छलफल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्