site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा मापसे गरी चलाएको भ्यानको ठक्करबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३, तिलिंगाटारमा गए राति वाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा संखुवासभाको मकालु गाउँपालिका–१ का  शेर्पाको आज बिहान मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा वसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मोटरसाइकलको पछाडि बसेकी १९ वर्षीया डोल्मा शेर्पा घाइते भएकी छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको प्रवक्ता भट्टले बताए ।

भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरीमा बस्दै आएका २५ वर्षीय जितेन्द्र माझीको साथमा कागजपत्र नभएको र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्