site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले लुम्बिनी निर्वाचन : १०० मत गन्दा अध्यक्षमा दुवैजनाको बराबर मत

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि जारी मतगणनामा १०० मतको गणना भएको छ ।

अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् । उनीहरूले समान ५०–५० मत पाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ । एकहजार चारजना प्रतिनिधि रहेकोमा ३९ जनाले मत दिएनन् । 

अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन हुने छ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भएको हो ।  सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्