site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, अब सेयर बजार बढ्छ : अर्थमन्त्री महत
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै सेयर मार्केट बढ्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सेयर मार्केटको गिरावट अस्थायी भएको बताउँदै अब बढ्ने बताएका हुन् ।

“सेयर मार्केटको गिरावट अस्थायी हो । अहिले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन् । जस्तो– पर्यटकको संख्या बढेको छ, यसले होटेल र सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,” संसद्मा बोल्दै अर्थमन्त्री महतले भने, “बजेट खर्च हुन थालेको छ । मौद्रिक नीतिले वर्किंग क्यापिटलमा सुधार आएको छ । सेयर मार्केटमा केही प्रतिबन्ध खुकुलो र सहजता गर्नुपर्छ भन्ने माग आइरहेको छ, त्यसलाई पनि यथोचित सम्बोधन हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मौद्रिक नीतिले पहिलाको प्रतिबन्धित नीतिलाई खुकुलो गरेको हुनाले यो (सेयर मार्केटको) ट्रेन्ड बढ्छ । र, अर्थतन्त्र चलायमान भएपछि पनि सेयर मार्केट बढ्छ,” सेयर मार्केटमा घाटा व्यहोरेका लगानीकर्ताले अब, नाफा कमाउँ विश्वास व्यक्त गर्दै उनले भने, “आम नागरिकले गरेको लगानीको भाउ अहिले घटेको छ । र, अब फेरि त्यसको भाउ बढेर नाफा हुने कुरामा म पूरै विश्वास गर्न चाहन्छु ।”

यस्तै, उनले कुनै पेशामा लागेका व्यक्तिले पेशालाई नै लत्याएर सेयर मार्केटमा लाग्न नहुने, तर सानोतिनो लगानी गर्दा हुने बताए । उनले भने, “कारोबारमा किनबेच गरिरहँदा आफ्नो पेशालाई नै कम्प्रमाइज गर्नुपर्छ भन्ने छैन । कसको ट्रेन्ड के छ भन्ने थोरै सूचनाका आधारमा लगानी गर्न सकिने कुरालाई अनुचित ठान्नु हुँदैन ।”

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्