site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीनसँग विश्वास बटुलेर आउन प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको सुझाव

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताएका छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु मागेको भन्दै उपमहासचिव ज्ञवालीले विश्वास बटुलेर आउन भनेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो कि भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै उनले त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।

“नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर नेपाल जान खोजेको हो कि भन्ने खालको छ,” उनले भने, “त्यसलाई चिर्ने काम र नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा मैले आग्रह गर्छु ।”

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्