site stats
बाह्रखरी :: Baahrakhari
देश
भन्सार छलेर लुकाएको ८०० किलो काजु बरामद
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रौतहट । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको ८०० किलो काजु घरमा लुकाएको अवस्थामा बरामद गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोलमा बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल ल्याएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो । 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्