site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
'नाडा अटो सो २०२३' सुरु, अर्थमन्त्री महतले गरे उद्घाटन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नाडा अटो सो २०२३ को उद्घाटन गरेका छन् ।

भृकुटीमण्डमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो’ चल्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगत तीन वर्ष रोकिएको नाडा अटो सोमा यसपटक विद्युतीय एवम् पेट्रोलियम गाडी, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, ब्याट्री र एसेसरिज लगायतको प्रदर्शनी रहनेछ ।

६ दिनसम्म चल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यो १५औँ संस्करण हो ।

झण्डै एक लाखले अवलोकन गर्ने र २० अर्ब रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको अटो सोमा विभिन्न ब्रान्डका नयाँ सवारी साधनहरू सार्वजनिक हुँदै छन् ।

१२० वटा स्टल रहको अटो सोमा १६ ब्रान्डका चार पाङ्ग्रे, २२ ब्रान्डका दुई पाङ्ग्रे र सात ब्रान्डका लाइट कमर्सियल भेहिकल रहेको नाडाले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्