site stats
बाह्रखरी :: Baahrakhari
देश
६१ किलो सुन तस्करी प्रकरण : यी हुन् फरार चार नेपाली

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट रुक्मिना सुब्बा, कार्गो सञ्चालक राजन श्रेष्ठ, नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियार रहेका छन् । सीआईबीले ३२ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूबाहेक सीआईबीले अझै १८ जना फरार रहेको जनाएको छ । फरार रहेकामध्ये १४ जना चिनियाँ नागरिक छन् भने चार नेपाली नागरिक छन् ।

फरार भएका नेपालीहरूमा रोल्पाका अमला रोका, बाराका भोला सराफ, अछामका जीवन चलाउने र एकजना जिमी भन्ने फरार रहेको सीआईबी स्रोतले बतायो । अमला पक्राउ परेका बेल्जियम नागरिक दावाका श्रीमती हुन् ।

त्यस्तै, भोला सराफ पक्राउ परेका बाराका सुनचाँदी व्यवसायी शिवकुमार सराफका भाइ हुन् । जीवन चलाउनेको दावासँग सम्पर्क देखिएको छ ।

त्यस्तै जिमीको थर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्