site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते बस्ने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगन गरिएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले असोज १४ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन भएको जानकारी दिए ।
 
त्यसअघि प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभा तथा चीन भ्रणको विषयमा सदनलाई जानकारी गराएका थिए । 

सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्य तथा एमाले सांसद् सुवासचन्द्र नेम्वाङको निधन भएको र संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको प्रतिनिधिसभालाई जानकारी गराएका छन् । 

शुक्रबारकै प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्