site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुलुकमा उत्पादनमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई
फाइल तस्बिर।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । आत्मनिर्भर, स्वावलम्बी र उत्पादन वृद्धि हुने गरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उनले बताए । मन्त्री राईले श्रम महान भन्ने कुरा स्थापित नभएसम्म युवाहरुले मुलुकभित्रै श्रम गर्ने बानीको विकास हुन नसक्ने बताए ।

“सबैभन्दा मुख्यकुरा हामीले हाम्रो यो सोच्ने तरिकालाई, श्रमलाई सम्मान गर्ने तरिकालाई, काम महान चिजको हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्नेछ,” उनले भने, “त्यसमा सम्पूर्ण सञ्चारकर्मी साथीहरु, अभियन्ता साथीहरु, शिक्षाविद्हरु, हाम्रा विद्यार्थी भाइबहिनीहरु सबैले यो चीजलाई आत्मासात गरेर समाजको सोचाइलाई रुपान्तरण गर्नुपर्ने देख्दछु ।”

मन्त्री राईले शिक्षा क्षेत्रमा लगानीअनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको गुनासो समेत गरे ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्