site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार शैक्षिक क्षेत्रको विकासमा संवेदनशील छैन : योगेश भट्टराई
फाइल तस्बिर।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकार मुलुकको शैक्षिक क्षेत्रको विकासमा संवेदनशील नभएको बताएका छन् ।

मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि सरकार त्यस क्षेत्रको विकासका लागि लगानी बढाउन तयार नभएको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडांैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुकलाई सबल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए । सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको सुभारम्भ गर्न पनि सरकारलाई सचेत गराए ।

“हाम्रो बजेटमा शिक्षामा लगानी गर्ने कुरा वार्षिक रुपमा घटदै गएको छ । जब हामी लगानी गर्दैनौँ भने प्रतिफल कहाँबाट आउँछ । प्रतिफल खोजिराखेका छौँ,” उनले भने, “तर, लगानी जति गर्नुपर्ने हो, त्यो सकेका छैनौँ । जब लगानी गर्दैनौँ भने त्यसअनुसार प्रतिफल आउँदैन ।”

सचिव भट्टराईले लगानीको कमी भएकाले शिक्षामा सोचेअनुसारको प्रतिफल प्राप्त हुन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले गुणस्तरीय शिक्षाका लागि सरकारले अभिभावकहरुको संलग्नतामा पनि जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्