site stats
बाह्रखरी :: Baahrakhari
देश
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका–८, कचार्वस्थित जनता माविको भवन निर्माण गर्दा उनीहरूले ६ लाख ५८ हजार ४४० रुपैयाँ अनियमितता गरेको पुष्टि भएको जनाउँदै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सिम्रौनगढ नगरपालिकाका लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादव रहेका छन् । अख्तियारले उनीहरूसँग ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्