site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘आफ्ना’लाई पैसा बाँडेर शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल नबनाउनुस् : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई राजनीतिक स्वार्थको खेल बनाउन नहुनेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले पीडितलाई पीडा दिन नहुनेमा जोड दिए । शान्ति प्रक्रियाका नाममा ‘आफ्ना’ मान्छेलाई पैसा बाँड्ने कार्य नगर्न उनले सचेत गराए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“शान्ति प्रक्रिया राजनीतिक स्वार्थको खेल नबनाउनुस्, प्रधानमन्त्रीज्यू,” उनले भने, “पीडितलाई पीडा दिएर, आफ्ना मान्छेलाई पैसा बाँडेर ।”

शान्ति प्रक्रिया टुंग्याउन पीडितको घाउमा मल्हम लगाउनुपर्ने आवश्यकता उनले औँल्याए । “शान्ति प्रक्रिया टुंग्याउन पीडितको घाउमा मल्हम नलगाएर अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेर के हुन्छ ?,” उनले प्रश्न गरे ।

उनले आफ्नो पार्टीलाई फेरि फुटाउने प्रयास गरिएको जिकिर गरे । त्यस्तो प्रयास असफल पारिने उनले बताए । “एमालेलाई फेरि फुटाउँछौँ भन्ने प्रयास चकनाचुर पार्नेछ,” उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउँदा टोपी खोल्नुपर्ने, सिन्दूर पुछ्नुपर्ने भन्दै ओलीले त्यसप्रति समेत आपत्ति जनाए ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्