site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी, वाग्मती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ ।

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्