site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मोरङमा नबिल बैंकको २६६औँ शाखा 

काठमाडौं । नबिल बैंक लिमिटेडले मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउमा आफ्नो २६६औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

शाखाको उद्घाटनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला प्रमुख अतिथिका रूपमा रहेका थिए । नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले शाखाको उद्घाटन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा अथितिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका अधिकारीहरूको उपस्थिति थियो ।

नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताएका छन् ।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्