site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुन तस्करी प्रकरण : यस्तो छ आयोगको कार्यादेश 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करी प्रकरणका लागि गठन गर्ने आयोगको कार्यादेशबारे सहमति भएको छ । 

आइतबार बिहान बालुवाटारमा बसेको बैठकले तीन वटा कार्यादेश तय गरेको हो । आयोगमा तीन सदस्य रहने र तीन महिनाको कार्यावधि रहने सहमति पनि भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार पटक–पटक भएको सुन तस्करीलाई नियन्त्रण गर्नका निमित्त मौजुदा कानुनमा परिमार्जन गर्न भने परिमार्जन गर्ने गरी कार्यादेश दिइएको छ । 

त्यस्तै, संरचनागत कमीकमजोरी छन् भने सुधार गर्ने आयोगको दोस्रो कार्यादेश छ । 

सुन तस्करीका विषयमा सरकारका विभिन्न निकायले अहिलेसम्म गरेको छानबिन अनुसन्धानको अध्ययन गरेर थप छानबिन गर्न आवश्यक वा थप गर्नुपर्ने देखिएमा थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्नेगरी कार्यादेशमा सहमति गरिएको लेखकले बताए ।

efgmm-1696141625.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्