site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपाल र युरोपबाट माग बढेपछि भारतमा विद्युतीय गाडीको निर्यात आकासियो

काठमाडौं । सन् २०२३ को सात महिनामा भारतको विद्युतीय सवारी (ईभी) निर्यात २४६.३ प्रतिशतले बढेको छ ।

भारतको वाणिज्य विभागको निर्यात–आयात डाटा बैंकले नेपाल र युरोपबाट अत्यधिक माग बढेपछि ईभीको निर्यात उच्च भएको बताएको छ ।

सन् २०२२ मा सात हजार ९८८ लाख भारतीय रुपैयाँ बराबरको ईभी निर्यात भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, यस वर्ष सन् २०२३ को सात महिनामै २१ हजार ३९१ लाख भारतीय रुपैयाँ बराबरका ईभी निर्यात भएको भारतको वाणिज्य विभागले बताएको हो ।

भारतको ईभी निर्यात वृद्धिमा नेपालको महत्वपूर्ण हिस्सा रहेको विभागले जनाएको छ । 

यस्तै, भारतको ईभी निर्यातका लागि युरोप उदयीमान बजार बनेको छ ।

सन् २०२२ मा १६८ लाख भारतीय रुपैयाँ बराबरको निर्यात भएको फ्रान्समा यस वर्षका सात महिनामै दुई हजार ३६७ लाख रुपैयाँ बराबरको निर्यात भएको बताइएको छ ।

जमर्नी, चीन र बेलायत लगायत देशमा पनि भारतीय ईभी निर्यात भइरहेको छ ।

भियतनाम, ब्राजिल, ग्वाटेमाला र अष्ट्रेलिया भारतको नयाँ निर्यात सूचीमा थपिएका छन् भने, अमेरिका, माल्दिभ्स, न्युजिल्यान्ड र पोर्चुगल भारतीय ईभी निर्यातको बजारबाट टाढा रहेको छन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्