site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेपालले तीन महिना जनप्रदर्शन गर्ने, पुस र माघमा मेची–महाकाली यात्रा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले असोज, कार्तिक र मंसिरमा देशका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने भएको छ । राप्रपा नेपालले पुस र माघमा मेची–महाकाली यात्रा आयोजना गर्ने निणर्य पनि गरेको छ ।

पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघीय गणतन्त्रको नाममा कायम 'भ्रष्ट व्यवस्थाको अन्त्य' तथा हिन्दुराष्ट्र राजसंस्थाको पुनर्स्थापनाका लागि आन्दोलनको तयारीलाई सशक्त ढंगबाट अघि बढाउने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले आगामी असोज २७ गते ललितपुरमा र असोज २९ गते सुनसरीमा विरोध सभाको आयोजना गर्ने निणर्य गरेको छ ।

बैठकले इजरायलमा हालै आतंककारी समूह हमासले गरेको आक्रमणको पनि विरोध गरेको छ । साथै त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्