site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा नेपाली मारिएकामा अमेरिकी राजदूतले गरे दुःख व्यक्त 

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले प्यालेस्टाइनी चरमपन्थी समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

“इजरायलमा आतंकवादी संगठन हमासले गरेको आक्रमणको खबर सुनेर म अत्यन्तै दुखी छु,” राजदूत थम्पसनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस निर्मम आक्रमणमा ज्यान गुमाएका नेपालीहरूका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नो साथ नेपाली जनतासँग रहेको उनले जनाएका छन् । उनले इजरायलमा बसोबास गर्ने सबै नेपालीको सुरक्षाको कामना गरेका छन् ।

गएको शनिबार हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्