site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा थप ‘सेस्मोमिटर’ जडान

बझाङ । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ । आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, म्याग्निच्युड पत्ता लगाउन सजिलो हुने भूगर्भ तथा खानी विभागका निर्देशक एवं वरिष्ठ भूगर्भविद् डा. लोकविजय अधिकारीले बताए ।

उनका अनुसार बझाङमा यसअघि खप्तडछान्नाको बयानामा मात्र सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुन सक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ,” उनले भने ।

अहिलेसम्म नेपालभर ४२ स्टेसन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको उनले जानकारी दिए । “बझाङमा गएको मंगलबारयता करिब साढे ४०० पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प (परकम्प) गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा, छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो,” उनले भने । रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्