site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
शोधनान्तर स्थिति साढे ५३ अर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्म देशको शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । गत वर्षको भदौसम्म शोधनान्तर स्थिति घाटामा थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार भदौसम्म चालु खातामा सुधार भएको देखिएको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्षको सोही अवधिमा १६ करोड ३४ लाख अमेरिकी डलरले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको भदौसम्ममा ४० करोड ५६ लाखले बचतमा छ ।

राष्ट्र बैंकका अनुसार निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्