site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

राजविराज (सप्तरी) । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिम जाँदै गरेको स१०प ४७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्