site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्यालाई नजिकबाट नियालेँ : गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले नेपालले भोग्नुपरेको समस्याका बारेमा आफूले भ्रमणका क्रममा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्यालाई आफूले नजिकबाट नियालेको भन्दै यसबाट माथि उठ्न गरिरहेको संघर्षको पक्षमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मेरो भ्रमणको क्रममा मैले जलवायु परिवर्तनले तपाईंहरूले भोग्नुपरेको समस्याबारे धेरै जानेँ, सिकेँ,” उनले भने, “म प्रतिबद्धता गर्छु कि सिकेको कुरा र जलवायु परिवर्तनबाट नेपालले भोगेको समस्या र गरिरहेको संघर्षको पक्षमा सपोर्ट गर्ने प्रतिबद्धता व्यक्ति गर्छु ।”

उनले नेपाली जनता र सरकारले देखाएको हार्दिकताप्रति धन्यवाद दिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्