site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौं महानगरले उठायो एक अर्ब कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेका दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व संकलन गरेको थियो ।

राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ ।

कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता संख्या बढेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै, लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिबानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरूको लागि आगामी पुस मसान्तसम्म जरिबाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको छ ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म  सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख धु्रव काफ्लेले बताए ।

प्रत्येक वडा कार्यलयबाट राजस्व संकलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व संकलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।

हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको संख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपाले करिब चार लाख करदाता रहेका छन् । हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य ९ शीर्षकमा कर संकलन गर्दै आएको छ । 

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड राजस्व असुल भएको छ ।  

गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्