site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, प्लस टूको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित कागजपत्रका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए ।

नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको उनले बताए । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साइरस विशंखे, काठमाडौंका दीपक केसी र सल्यानका बलबहादुर रावत रहेका उनले बताए ।

उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठ प्रहरी नै हुन् । अनुसन्धानको क्रममा उनलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको राठौरले बताए । गिरोहले भिजिट भिषामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसहरुलाई थाहा समेत नभएको पाइएको उनले बताए । विदेश जानको लागि पैसा दिएको, तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको उनले बताए ।

प्रहरीले नक्कली शैक्षिक प्रमाणलगायत अन्य २९६ कागजात बरामद गरेको छ । पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको प्रहीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्