site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । 

उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा गाभिएपछि बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना मिलाउन एफपीओ निष्कासन गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ । सोही पुँजी संरचना ऐनअनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । 

लघुवित्तले एक करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका एक लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र मागअनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन अवधि लम्बिने जानकारी दिइएको छ । लघुवित्तको एफपीओमा न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्