site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सा शिक्षा ऐन संशोधन रोकिँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारेका छन् । 

मंगलबार काठमाडौंमा २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अब कसैले विरोध गरेर वा सुतेर संशोधन नरोकिने स्पष्ट पारे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निश्चित समूहले संशोधन रोक्न खोजे अब सम्भव नरहेको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न नसकेकाले चिकित्सकको अभाव देखिएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको जिकिर गरे । स्वास्थ्य क्षेत्रको पूर्वाधारहरू अघि बढाउन खोज्दा बजेटको समस्या देखिएको गुनासो गरे ।

त्यस्तै, उनले जाजरकोट भूकम्पपछि घाइतेको उपचारमा कुनै कमी हुन नदिएको भन्दै अबको ध्यान राहत र पुर्स्थापनामा हुने बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्