site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल संवत् अब राष्ट्रिय संवत् बन्नुपर्छ : बालेन्द्र साह
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाले पहिल्यैदेखि नेपाल संवत्को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रयोग गर्न सरकारले मुख्य भूमिका निभाउनुपर्ने भन्दै उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए ।

मेयर साहले काठमाडौं महानगरपालिकाले आधिकारिक रुपमा नै नेपाल संवत् प्रयोग गरिरहेको बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्