site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जाजरकोट अस्पताललाई सांसद तोसिमा कार्कीले एक महिनाको तलब सहयोग गर्ने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले जाजरकोट अस्पताललाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् ।

अस्पताललाई चाहिने सामान जुटाउनका लागि सहयोग गर्ने सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाजरकोट अस्पतालमा विशेषज्ञ सेवासहित आईसीयू सञ्चालन गर्न सहयोग मिल्ने विश्वास लिएकी छन् । उनले सो कार्यमा सहयोग गर्न समेत आग्रह गरेकी छन् ।

जाजरकोट भूकम्पपछि चिकित्सक टोली लिएर उनी त्यहाँ पुगेकी थिइन् ।

उनले लेखेकी छन्, "उपकरण थप्ने विषयमा केही साथीहरूले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ । पुनः जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोषरसांसद विकास कोष सर्वोच्च द्वारा रोक्काररद्द भइसकको अवस्था छ।उद्यपि, मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवा भाव साथ सानो सहयोग गर्नेछु । नेपाल सरकार स्वास्थ्य मन्त्रालय (संघ, प्रदेश)लाई पनि ध्यानाकर्षण गराएको छु । हजुरहरू मनकारी नेपालीजनले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ। आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवासहित आईसीयू सञ्चालन सुरु गर्न सकिनेछ।"

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्