site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

खलंगा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ । 

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड–३, बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जीप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्