site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजतन्त्र फर्कने हल्लाका पछाडि नलाग्न निधिको आग्रह
फाइल तस्बिर ।

सिन्धुली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै संभावना नभएको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस सिन्धुलीद्धारा शुक्रबार सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै निधिले एजेन्डाविहीन मुद्धामा चासो राख्नु जरुरी नभएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संघीयता विरोधी शक्तिहरू सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेन्डा बनाउनु पर्नेमा जोड दिए ।

शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि संविधानमा उल्लेख गरिएका कानुन बनाउनु पर्ने तथा विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । सिंगो मुलुक यी तीनवटा कामका लागि तयार हुनुपर्ने भन्दै यसलाई कांग्रेसले आफ्नो एजेन्डा बनाउने पनि उल्लेख गरे ।

निधिले सातवटै प्रदेशको मातहतमा प्रहरी संगठन हुनुपर्ने भन्दै त्यससम्बन्धी कानुन कार्यान्वयनमा जोड दिए । उनले प्रहरी संगठनका साथै प्रदेश सरकारको छुट्टै कर्मचारी भर्ना गर्न पाउने संयन्त्र हुनुपर्ने पनि बताए । यति काम नभएसम्म प्रदेश सरकारले गति लिन नसक्ने निधिको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्