site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइन जुवा 'खेलाउने' ६ जना पक्राउ

काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत बाजी राख्दा जितिने विश्वास दिलाएर सट्टेबाजी गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाका ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बुको थुलुङ दुधकोशीका २२ वर्षीय आमोश राई, उदयपुरको चौदण्डीगढीकी २० वर्षीया निका राई, सिन्धुपाल्चोकको लिसंखुपाखरक २९ वर्षीय विजय थापा, बाग्लुङको बरेङका २७ वर्षीय पर्वत पुन र सोलुखुम्बुको थुलुङ दुधकोशीका २७ वर्षीय डेकर राई रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले उनीहरूलाई गोप्य सूचनाका आधारमा सोमबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ६ वटा ल्यापटप, दुईवटा राउटर, तीनवटा कम्प्युटर, दुईवटा मोनिटर, एउटा सीपीयू र विभिन्न कम्पनीका १४ वटा मोबाइल बरामद गरेको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्