site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुमारी बैंकद्वारा आठ करोड बाराबरको बिमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत हालसम्म बैंकका चार हजार ५०० ग्राहकहरुलाई आठ करोड रुपैयाँ बराबरकोे बिमा रकम भुक्तानी गरेको छ ।

कुमारी बैंकले विगत चार वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपीडी), अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बिमाबापत बैंकले बिमा कम्पनीहरुमार्फत सो रकम आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अफरमा सहरी तथा ग्रामीण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित बैंकले जनाएको छ ।

वाग्मती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेस प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ प्रतिशत र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा  भुक्तान भएको छ । कुल बिमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बिमाबापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चारजाना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ अत्यधिक लोकप्रिय रेहेको बैंकको दाबी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्