site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीले भने– देशभित्रै विवाह उत्सव मनाउनोस्
फाइल तस्बिर ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह गर्न विदेश जाने चलन चिन्ताजनक रहेको बताएका छन् । उनले देशको पैसा स्वदेशमै रहोस् भनेर आफ्नै मुलुकमा विवाह उत्सव मनाउन आग्रह गरे ।

आइतबार रेडियोबाट प्रशारित कार्यक्रम ‘मनको कुरा’मा मोदीले विवाहको किनमेल गर्दा मानिसले आफ्नै देशभित्र उत्पादित सामग्रीलाई महत्त्व दिनुपर्ने बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “विवाहको सिजन सुरु भएको छ, यो विवाहको सिजनमा करिब पाँच लाख करोड रुपैयाँ (भारु)को व्यापार हुन सक्ने केही व्यवसायी संगठनको अनुमान छ । विवाहमा किनमेल गर्दा तपाईं सबैले भारतमा बनाइएका उत्पादनलाई महत्त्व दिनुपर्छ ।”

उनले थपे, “जब बिहेको कुरा आउँछ, मलाई एउटा कुरोले लामो समयदेखि सताएको थियो । सोच्नुहोस्, आजकल कतिपय परिवार विदेश गएर बिहे गर्दै छन् र यसको नयाँ माहोल बनाइँदै छ, के यो आवश्यक छ ?”

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्