site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले आइतबार बैंकको पाटन शाखाको उद्घाटन गरेका हुन् ।

हाल ग्लोबल आईएमई बैंकले ३५१ शाखा कार्यालय, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जानकारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्