site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

मंगलबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई नेताबीच समसामयिक राजनीतिको विषयमा छलफल भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटका क्रममा प्रधानमन्त्रीले आफू बुधबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन यूएई जान लागेको जानकारी गराएका थिए । 

“उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो । प्रधानमन्त्रीले भोलि आफू कोप–२८ सम्मेलनमा जान लागेको जानकारी गराउनुभयो,” आचार्यले बाह्रखरीसँग भने, “प्रतिपक्षी दलका नेताको सुझाव लिनुभयो ।” 

प्रधानमन्त्री भोलि (बुधबार) यूएई जाँदै छन् भने ओली मध्यपहाडी लोकमार्गको पदयात्रामा जाँदै छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्