site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसी प्रदेशको बजेट प्रमाणीकरण

विराटनगर । कोसी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट प्रमाणीकरण भएको छ । प्रदेशसभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रमाणीकरण गरेका हुन् । 

मंसिर १३ गते बसेको प्रदेशसभा बैठकबाट कोसी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘कोसी प्रदेश अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०’ र कोसी प्रदेश विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०–८१ को सेवा तथा कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रदेशसभामा पेस गरेका थिए । मंसिर ९ गते अध्यादेशबाट आएको बजेटमा ५० करोड थप गरिएको थियो । 


Pramanikaran-release-1701432535.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्