site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरको आगलागी अपडेट : घाइतेमध्ये एकजनाको मृत्यु

विराटनगर । विराटनगरमा एक कबाडी गोदाममा आज अपराह्न भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।

विराटनगर–७ स्थित जलजला मोडमा रहेको गोदाममा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगो नियन्त्रणमा लिने क्रममा पाँचजना घाइते भएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घाइतेमध्ये न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

आगलागीमा परेकामध्ये तीनजनाको अवस्था गम्भीर छ ।‌ आगलागी नियन्त्रणका लागि विराटनगरसहित सुनसरीबाट दमकल मगाइएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्