site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली तोपखाना पहिलोपटक गाजा क्षेत्रमा

तेल अवीव । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । 

इजरायली भूमिमाथि आक्रमण भएपछि 'डिफेन्स फोर्स आर्टीलरी' गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औँ फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् । 

तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ । रासस/एएनआई

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्