site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संकल्पयात्राले जनतामा उत्साह थप्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली संकल्पयात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको उचित निर्णय भन्ने पुष्टि भएको उनको भनाइ छ । उनले जनतामा निराशा पैदा गर्ने अवस्थामा यात्राले उत्साह थपेको जिकिर गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गठबन्धन सरकारको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको उनले बताए । आफूहरूको यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार गरेको उनले उल्लेख गरे ।

“मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको ठिक निर्णय लिएको भन्ने पुष्टि भएको छ । जनतामा निराशा पैदा गर्ने जुन प्रयास भएको थियो, गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार गर्ने, समाजलाई अराजकतातिर लैजाने प्रयास भएको थियो,” उनले भने, “यो यात्राले ती सबै प्रवृत्तिमाथि विजय हासिल गरेको छ । जनताको अजेय शक्तिलाई पुष्टि गरेको छ । नेकपा (एमाले)को यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको छ ।”

उनले पूर्वाधारको विकास र बसाइँसराइको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए । मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्