site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रस्तावित न्यायाधीश सुवेदीको प्रतिबद्धता (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतकी प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न प्रयास गर्ने बताएकी छन् । शुक्रबारको संसदीय सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै त्यस्तो प्रतिबद्धता जनाएकी हुन् । 

“न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्नमा हर सम्भव प्रयास गर्नेछु । न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुयाउने छु,” उनले भनेकी छन्, “मुद्दाको व्यवस्थापन, इजलासको समयको व्यवस्थापनमा मेरो सक्रिय पहल र सहभागिता रहने छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संवेदनशील विषयका विवादलाई छिटोछरितो रूपमा निरुपण गरी न्यायको प्रत्याभूति दिने कार्यमा विशेष पहल गरिने प्रतिबद्धता उनको छ ।

“न्यायिक सुधारको कार्यमा अथक प्रयासहरू जारी रहनेछन् । नागरिकको मौलिक हकको संरक्षण सम्बर्धन, संरक्षण आवश्यक पर्ने वर्गका महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतका विशेष मानिसहरूसँग सम्बन्धित संवेदनशील विषयका विवादलाई छिटोछरितो रूपमा निरुपण गरी न्यायको प्रत्याभूति दिने कार्यमा मेरो विशेष पहल हुनेछ,” सुवेदीले कार्ययोजनामा भनेकी छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्