site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार–विप्लवबीचको सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको अपिल 

काठमाडौं । समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र सो पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव ‘सी’ र प्रवक्ता कमरेड प्रकाण्ड ‘सी’लगायतका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ,” विज्ञप्तिमा भनिएको छ, “मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यसप्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ ।”

गएको मंसिर १८ गते काठमाडौं जिल्ला अदालतले विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । राज्यविरुद्धको कसुर मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

०७७ फागुन २० गते सरकार र विप्लवबीच तीनबुँदे सहमति भएको थियो । त्यति बेला नेकपामाथिको प्रतिबन्ध हटाउने, सो पार्टीका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा फिर्ताको सहमति गरिएको थियो ।

समाजवादी मोर्चामा सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

adf-1702888053.jpg

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्