site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलबारे राज्यव्यवस्था समितिको ६ बुँदे निर्देशन 

काठमाडौं । एनसेल खरिद–बिक्री प्रकरणबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्देशन दिएको छ ।  

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा बोलाइएको थियो । उक्त बैठकपछि समितिले ६ बुँदे निर्देशन दिएको हो । समितिले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिइ राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर एनसेलनबाट असुल उपर गर्न निर्देशन दिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपाल सरकारबाट बनाइएको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति– २०८०” को प्रतिवेदनलाई समेत आधार लिइ प्रचलित कानुनबमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर/गैरकर रकम एनसेलबाट असुल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने,” पहिलो निर्देशनमा भनिएको छ । 

छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म सेयर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिन निर्देशन दिइएको छ । दूरसञ्चार ऐन र नियमावली समय सापेक्ष संशोधन गरी यथाशीघ्र ल्याउन सरकारलाई निर्देशन दिइएको छ । 

एनसेलले सेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाहीको सम्बन्धमा जानकारी माग्ने पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । आगामी २०८६ मा एनसेल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न आवश्यक कानुन र नियम संशोधन गर्न निर्देशन पनि दिइएको छ ।

Nirdesan-1702976804.jpg

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्