site stats
बाह्रखरी :: Baahrakhari
देश
बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते

बारा । बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । 

कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार उक्त दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो । उनीहरूको हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो । 

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ  । रासस

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्