site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरूले आन्दोलन गरेका छन् । बिहीबार उनीहरूले मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले 'गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्‌'लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिस्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिस्चियन धर्म नस्वीकार्नेहरूलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किरातीको देशभर विरोध भइरहेको छ ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरू समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्