site stats
बाह्रखरी :: Baahrakhari
देश
सिपबिल्डिङका परीक्षार्थीलाई भाषा परीक्षाको आवेदन आह्वान, अरूले पनि पाउँछन् ?

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका परीक्षार्थीले पनि उत्पादन क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरेर पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सहभागीहरूलाई पुस १६ देखि १८ गतेसम्म आवेदन दिन भनेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएका १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रको पनि परीक्षा दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले ‘निवेदकको माग बमोजिम गर्न’ आदेश दिएपछि विभागले आवेदन खुलाएको हो ।

विभागका अनुसार पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूले मात्र उत्पादन क्षेत्रको भाषा परीक्षामा दिन पाउने छन् । उनीहरूबाहेक अरूले आवेदन दिए स्वत: रद्द हुने विभागले जनाएको छ ।

b1_PPLkYVtBmE-1703871060.webp

b2_LfxapmiIHh-1703871060.webp


 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २३:२९
प्रतिक्रिया दिनुहोस्