site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन : सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की (भण्डारी)ले बालकुमारी घटनामा किन सिधै गोली हानियो भन्ने प्रश्न गरेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले राज्यको गल्तीले दुईजनाको ज्यान गएको उल्लेख गरिन् ।

“यो राज्यले गरेको हत्या हो । ईपीएसका कारिन्दा, पीएसओलाई देखाएर उम्कन पाउँदैन,” उनले भनिन्, “नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा नदिएसम्म मृतकको आत्माले शान्ति पाउँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद भण्डारीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिइन् । उनले विगतका उदाहरण पनि प्रस्तुत गरिन् ।

“कृतिनिधि विष्ट, सूर्यबहादुर थापा, केशरबहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिएको उदाहरण छ,” उनले भनिन्, “कहिले पलाउँछ नैतिकता ? नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

युवाको असन्तुष्टि राज्यले नसुनेको उनको भनाइ छ । “अदालतले पनि बोल्दा किन राज्यले नसुनेको ? गृहमन्त्रीको नैतिकता खै ?,” उनले प्रश्न गरिन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्