site stats
बाह्रखरी :: Baahrakhari
देश
कार चालकलाई थुनामा राख्ने आदेश, अदालतबाहिर नाराबाजी

पोखरा । गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको घटनामा कास्की जिल्ला अदालतले कार चालकलाई पुर्पक्षका निम्ति थुनामा राख्ने आदेश गरेको छ ।

गएको मंसिर २४ गते कास्कीको लेखनाथस्थित अर्घौँचोकमा कारले ठक्कर दिँदा स्कुटरमा सवार २३ वर्षीया अनिशा खड्का र २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । खड्का पोखरा महानगरपालिका–२५, हेम्जाकी र बराल पोखरा–५, प्रस्याङमा बस्थिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कलेजमा अध्ययनपछि घर फर्कने क्रममा पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । कार मानबहादुर बानियाँले चलाएका थिए ।

बानियाँलाई सवारी ज्यानसम्बन्धी मुद्दामा आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको हो । उक्त घटनामा डिल्लीराम बरालले कार चालक बानियाँलाई विपक्षी बनाई उजुरी दिएका थिए ।

बानियाँको थुनछेक बहस आइतबार हुने थाहा पाएपछि आरोपित रिहा हुने आशंकामा मृतकका आफन्तले अदालतबाहिर नाराबाजी गरेका थिए । आरोपितलाई रिहा नगर्न नहुने माग गदै मृतकका आफन्त, आमा समूह, क्लब तथा स्थानीयले अदालतबाहिर प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्